IMG-LOGO

महापुरुष’ फिल्म हेरे गगन थापाले

 मंगल, मंसिर ६, २०७९  ---

 

      काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना चलिरहेको बेला नेपाली कांग्रेसका उम्मेदवार गगन थापा  ‘महापुरुष’  फिल्म हेर्न पुगेका छन् ।सोमबार  उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको शोमा फिल्म हेर्न पुगेका हुन् । सिनेमा हलबाट श्रीमतीसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै थापाले लेखेका छन्, ‘धैरै दिनको दौडधुपपछि आजको फुर्सद ।’ ७ बजे सम्मको मतगणना अनुसार थापाले ५,९९८ मत पाएका छन् । उनका प्रस्पर्धि राजन भट्टराईले ४,६२४ मत पाएका छन् । मतान्तर १,३७४ मतले गगनले अग्रता लिएका छन् । यो चुनाव पनि जित्नेमा उनि ढुक्क छन । जितेपछि उनि नेपाली कांग्रेसको संसदीय दलमा उठेर जित्ने अनि प्रधानमन्त्री हुने योजनामा छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्