ए.वि.एम.स्कुलमा आयोजित ७ दिने योग विज्ञान शिविरको समापन कार्यक्रम पतंजली योग समिति काभ्रेका प्रमुख ग्रोविन तौजलेको प्रमुख आतिथ्यतामा हालै समापन कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि तौजलेले स्वस्थ समाजको निर्माणको लागि विद्यालय स्तरबाट योग जागरण अभियान थालनी गरेको बताउनुभयो । सो कार्यक्रममा पतंजली योग समिति प्रदेश सल्लाहकार सरित शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महिला उपाध्यक्ष ईन्दिरा तौजलेले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पतंजली योग समिति महिला अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो भने संचालन ए.वि.एम. स्कुलका प्रिन्सिपल राम प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
