राजधानीबाट नजिकैको सुगम जिल्लामा अझै मतगणना (वेलुका १०ः०० वजे सम्म) सुरु भएको छैन ( हिजो अपरान्ह ५ बजे सुरु गर्ने भनिएको मतगणना ६ः३० हुदै वेलुका ८ः३० बजेबाट मत गणना शुरु भएपनि यो समाचार तयार पारिन्जेल सम्म प्रारम्भिक नतिजा पनि घोषणा भएको छैन ।
जिल्ला प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार सुरक्षा तारवारका कारण मतगणना हनु ढिलाई भएको हो । राजनितिक दलहरुको सर्वदलिय बैठकको निर्णय अनुसार थप सुरक्षा घेराबार (तार जाली) गरेर मात्र क्षेत्र नं. १ र क्षेत्र नै २ को प्रतिनिधि र प्रदेश सभाको मतगणना एक्कै पल्ट गणना गर्ने गरी काम भएको अधिकृत भट्टराईले काभ्रे टाइम्सलाई बताए ।
