शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका तीन सञ्चारकर्मीलाई २०७९ सालको शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदर पत्रले सम्मान गरेको छ । रेडियो पत्रकार शिव बञ्जारा, छापा तथा अनलाईन पत्रकारितामा भिम गौतम र फोटो पत्रकार प्रशान्त श्रेष्ठलाई कदर पत्र सहित सम्मान गरेको हो। प्राडा देवमणी भट्टाराई र हरिगोपाल प्रधानले कदर पत्र प्रदान गर्नु भयो । शब्दयात्रा प्रकाशनको सिफारिसमा कृष्णमणि कुइँकेलको संयोजकत्वमा गठित समितिले गरेको कुरा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरी मञ्जुश्रीले बताउनु भयो ।
