अर्किड इन्टरनेश्नल स्कूल बनेपाले शैक्षिक प्रदर्शनी २०७९ शनिबार स्कूल प्राङ्गणमा सम्पन्न गरेको छ । बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदर्शनीमा शाक्यले विद्यार्थीहरुले आ- आफ्नो प्रतिभा मार्फत बनाएका विभिन्न शैक्षिक सामाग्रीहरुको रुची पूर्वक अवलोकन गर्नुभयो । वि.सं. २०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म १ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला साप्कोटा दाहाल, वडा नं. ८ वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, विद्यालय सञ्चालक समिति अध्यक्ष पुकार कारञ्जीत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता लक्ष्मी कारञ्जीत लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रिन्सिपल अनिता प्रजापतिले धन्यवाद ज्ञापन गर्दै शान्त वातावरण, प्रविधिमैत्री एवं व्यवहारीक शिक्षा प्रदान गर्न अर्किड इन्टरनेश्नल स्कूल सदैव लागि परेको बताउनुभयो ।
