IMG-LOGO

कांग्रेस बागमती प्रदेशको निर्देशनात्मक अनुगमन

 मंगल, कार्तिक २९, २०७९  ---

 

       नेपाली कांग्रेस वागमती प्रदेश चुनाव प्रचार प्रसार तथा अनुगमन समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट  के कस्तो गतिविधि अवस्था रहेको छ । सोको अनुगमन तिव्र रूपमा अघि बढेको कुरा कांग्रेसका केन्द्रीय सदस्य एवं समितिका सह संयोजक मधु आचार्यले बताउनु भयो । कांग्रेस पार्टी सहितको ५ दलीय लोकतान्त्रिक गठबन्धनबाट संयुक्त रूपमा चुनाव प्रचार प्रसारमा भूमिका कस्तो रह्यो आपसी सहकार्य एकता गरी गठवन्धनबाट उम्मेदवार बनेका सबैलाई जिताउने अभियानमा जुटाउन वागमती प्रदेश भित्रका कांग्रेस जिल्ला सभापतिहरू सँग छलफल बहस गरिएको समिति सदस्य हुद्धराज तिमल्सिनाले बताउनुभयो। जीपछिरिङ लामा संयोजक रहेको समितिमा ४ सय १३ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको थियो । कार्यक्रममा समिति सदस्य महेशराज पौडेल समितिका पदाधिकारी धनको टोलिसहित अनुगमनमा खटिनु भएको थियो । बागमती प्रदेशमा कांग्रेसका प्रतिनिधि सभामा १८ जनाले उम्मेदवारी दिएका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्