IMG-LOGO

ए.वि.एम. स्कुलमा योग शिविर

 मंगल, कार्तिक २९, २०७९  ---

 

       पतंजली योग समिति काभ्रेबाट ए.वि.एम. स्कुल बनेपामा ७ दिने योग शिविरको सञ्चालन गरिएको छ । उक्त शिविरको उद्घाटन गर्दै बनेपा नगरका प्रमुख शान्ति रत्न शाक्यले विद्यालय स्तरबाट नै योग अभ्यास प्रारम्भ गरेमा समाज स्वस्थ हुने र भविष्यमा विद्यार्थीहरुको सत्कर्ममा मन जाने र यसले समाजमा नै सकारात्मक परिवर्तन ल्याउने भएको हुनाले प्रत्येक विद्यालयमा योग कक्षा संचालन गर्नु पर्ने बताउनु भयो । पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले संचालन गर्नु भएको शिविरमा प्रमुख तौजलेले विद्यार्थीहरुले अपनाउनु पर्ने नैतिक शिक्षा सम्बन्धि योग ध्यान र प्राणायाम अभ्यास गराईने जानकारी दिनुभयो । ए.वि.एम. स्कुलका प्रिन्सिपल रामप्रसाद तिमिल्सिनाले संचालन गर्नु भएको उक्त कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठ, युवा समिति काभ्रेका अध्यक्ष रमेश श्रेष्ठ, महिला उपाध्यक्ष ईन्दिरा तौजले लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले गर्नु भएको थियो कार्यक्रममा बनेपा, पनौती, धुलिखेल क्षेत्रका योग समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्