जिल्ला बचत संघ काभ्रेको आयोजनामा आइतबार सम्म तीन दिने उच्चस्तरीय वित्तिय व्यवस्थापन तालिममा संघका महिला उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप-समिति संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा नेफस्कुनका पूर्व कोषाध्यक्ष एवं बरिष्ठ प्रशिक्षक तथा नेपाल पल्र्स कितावका लेखक केशव प्रसाद पोख्रेलको प्रशिक्षणमा सम्पन्न भयो । काभ्रेका २६ वटा सहकारीबाट २७ जनाको सहभागितामा चेतना केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।
तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्ने क्रममा संघका सह सचिव विकास बादेले साकोसमा जब सम्म संस्थालाई वित्तिय व्यवस्थापनको ज्ञान तथा सिपको अभावमा नचाहँदा नचाहाँदै पनि संस्थाहरु धारासायी भई विलय हुनलाई आर्थिक मन्दि, महामारी, प्रकृति प्रकोपका कारण नपर्ने जनुसुकै अवस्थामा हुने हुँदा वित्तिय व्यवस्थापन तालिम सहकारीको लागि अमूल्य बरदान सावित हुने कुरा स्वागत मन्तव्य राख्ने ाक्रममा बोल्नु भएको थियो । त्यसै गरी संघका सञ्चालक सदस्य सत्यवति भट्टराईले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष जितेन्द्र नकर्मीले उद्घाटनको क्रममा बोल्दै सहकारीहरुको दिगो विकास र स्थायित्वमा तालिमले महत्वपूणर् भूमिका खेल्ने बताउनु भयो ।
तालिमको समापन कार्यक्रममा संघका सञ्चालक सदस्य बालकृष्ण दाहालले काभ्रेका प्राय संस्थाहरु संस्था संस्था बीच अन्तरलगानी कारोबार गरिएको पाइएको हुँदा एउटा संस्था जोखिम हुँदा त्यो सँग अन्तर सम्बन्ध भएको अर्को संस्था पनि नचाहदा नचाहदै वित्तिय जोखिम निमत्याउने हुँदा बेलैमा त्यस्तो कारोबार बन्द गरी संघ तथा बैकहरुमा कार्यक्रम गर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन संघका उपप्रवन्धक रवि के.सीले गर्नु भएको कार्यक्रममा शिक्षा तालिम उपसमिति सदस्य पूणर् सागर रन्जित, संघका प्रबन्धक गुरु प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।
