शनिबार बनेपामा आयोजित बौध्दिक समुहले मगसिर ४ गते चुनावमा लोकतान्त्रिक वाम गठवन्धनलाई जिताउन आह्वान गरेका छन् । काभ्रे जिल्लाका बिभिन्न पेशामा रहेका बौध्दिक समुहको भेलामा लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारहको उपस्थितिमा दुई/दुई पल्ट प्रतिनिधि सभा विगठन गर्ने पार्टी र भ्रष्टाचारीलाई मत दिन नहुने , मत दिए फेरि अशान्ति र अस्थिरता उत्पन्न हुने उनीहरुको तर्क थियो ।
भेलामा नेपाल सरकारका पुर्व सचिव जनार्दन नेपाल, काभ्रे समाजका अध्यक्ष नारायण महत , काभे बहुमुखी क्याम्पसका प्रमुख केजी बैदार, चैतन्य बहुमुखी क्याम्पसका प्रमुख जुजुभाइ मानन्धर, नेपाल प्रेस युनियनका पुर्व उपाध्यक्ष इश्वरी ओझा, प्राध्यापक भोला केसी र डा. भरत लामिछाने लगायत लोकतान्त्रिक वाम गठवन्धन नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
