बनेपा नगरपालिका बजार क्षेत्र भित्र फ्रि वाइफाई जडान सुरु गरेको छ । निर्वाचनको बखत घोषणा पत्रमा प्रतिवद्धता जनाए अनुसार नगरलाई सुन्दर शहर हरियाली शहर बनाउने अभियान अन्तरगत अरनिको राजमार्ग बनेपा पुलबजारबाट फुटपाथ बेल्टसाइटमा बृक्षरोपण,त्यस्तै गरी बनेपा भिलिमिलि शहर, बनेपाको प्रमुख शहर चोकमा फ्रिवाईफाई जडान गरिएको कुरा नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । पनौती रोड, बसपार्क क्षेत्र, चण्डेश्वरी जाने रोडको क्षेत्रमा ५ वटा राउटर पोर्ट जडान गरिसकेको छ । बनेपा नगरपालिकाले वल्र्डलिङ्क सँग सहकार्य गरेर ४५ जति पोर्ट राखेर फ्रि वाइफाई जडान कार्य सम्पन्न गर्ने नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । बनेपा पुलबजार क्षेत्र देखि बुडोल, त्यस्तैगरी धनेश्वर मार्ग क्षेत्रमा समेत फिवाइफाई जडान गरिने नगरपालिकाले जनाएको छ ।
