IMG-LOGO

भोट नगनिन्जेलसम्म जाँडरक्सी बन्द

 मंगल, कार्तिक २९, २०७९  ---

 

              स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रिय आचारसंहिता अनुगमन समितिको अस्ति आइतबार बसेको बैठकले मादक पदार्थ जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत् प्रहरीलाई निर्देशन दिने निणर्य गरेको हो ।

        आयोगले आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोज भतेर गरेको वा हातहतियार वा निशेधित सामान लिई हिडेको र शान्ति भंग गर्ने प्रयास भएको पाइए निगरानी राखेर तत्काल जानकारी गराउन भनेको छ । तत्काल कारबाही गर्नुपर्ने अवस्था आएमा आधिकारिक निकायलाई त्यस्तो कार्य गर्न निर्देशन दिने भनिएको छ । निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका निकायहरूले आचारसंहिता विपरीत काम भए त्यसको विवरण लेखी सम्बन्धीत जिल्लाको आचारसंहिता अनुगमन समितिलाई पठाउन भनिएको छ । आयोगले  निर्वाचन आचारसंहिता उलंघन हुन नदिन निर्वाचन आयोग सक्षम रहेको पनि बताएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्