आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैदीबन्दी र कर्मचारीहरूले प्रतिनिधिसभा समानुपातिकमा मात्र मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले देश भित्र भएका उमेर पुगेका सबै नागरिकले मतदान गर्न पाउन भन्ने हेतुले निणर्य गरेकाले मतदान गर्न पाउने भएका छन् । यस अघिको २०७४ को निर्वाचनमा मतदान गर्ने प्रबन्ध गरिएको थिएन् । जिल्ला कारागार धुलिखेल काभ्रेका प्रमुख परशुराम थापाका अनुसार २ सय ६५ कैदी बन्दीमा ८६ जनाले मात्र मतदान गर्न पाउने भएका छन् ।
त्यस्तै गरी निर्वाचनमा नखटिएका जिल्लामा रहेका सेना, प्रहरी र कर्मचारी गरेर १ सय ५० जनाले पनि प्रतिनिधिसभा समानुपातिकमा मतदान गर्न पाउने कुरा प्रशनी पनीलाल राय यादवले काभ्रे टाइम्सलाई बताउनु भयो। मतदाता संकलन गर्ने म्याद गुज्री सकेपछि निर्वाचन आयोगले कैदीबन्दीले मतदान गर्न पाउने निणर्य गरेकाले जिल्लामा भएका सबै कैदीबन्दीले मत राख्न नपाएको जिल्ला कारागारले जनाएको छ । कारागारको गेटभित्र मतपत्र खसाल्ने एक बुथ रहने र त्यसको व्यवस्थापनको जिम्मेवारी जिल्ला कारागार प्रमुखले गर्ने प्रबन्ध गरेको कुरा जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले बताउनुभयो ।
