IMG-LOGO

काभ्रेमा महिलाले अवसर पाएनन्

 मंगल, कार्तिक २२, २०७९  ---

      आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा महिलाहरुले उचित अवसर पाएका छैनन् । काभ्रे जिल्लामा पत्यक्ष तर्फ एक जना पनि उम्मेदवार छैनन् । समानुपातिक तर्फ सबै दलको गरी प्रतिनिधि सभामा ३ जना मात्र उम्मेदवार छनौट गरी निर्वाचन आयोगमा पठाएको कुरा जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार महिलाहरुको लागि ३३ प्रतिशत सिट सुनिश्चित गरिएको भए पनि प्रमुख राजनीतिक दलले नि नीतिको कार्यान्वयन गरेका छैनन् । देशै भरिबाट प्रतिनिधि सभामा सबै दलबाट प्रत्यक्ष तर्फ ९ प्रतिशतले मात्र उम्मेदवारी दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रेको निर्वाचन आयोगले जनाएको छ । काभ्रेमा प्रतिनिधि सभा २ क्षेत्र र प्रदेश सभा सदस्य ४ वटा गरी ६ वटा क्षेत्रमा महिला १ लाख ५२ हजार १ सय १६ र पुरुष १ लाख ५७ हजार ९ सय ४७ गरी कुल मतदाता संख्या ३ लाख १० हजार ६३ मतदाता रहेको कुरा जिल्ला निर्वाचन अधिकारी उमेश कुमार राईले बताउनु भयो । काभ्रेमा १९ दलले चुनावमा भाग लिएका छन् भने १२ जनाले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । प्रतिशतमा यो १९ प्रतिशत हो । काभ्रे  प्रतिनिधि सभा  क्षेत्र नं. १ मा १७ जना, १ को प्रदेश क मा ९ , ख मा ९ जना त्यस्तै गरी काभ्रे  क्षेत्र नं २ मा प्रतिनिधि सभामा १६ जना र प्रदेश सभा सदस्य क मा ६ जना र ख मा ७ जनाले उम्मेदवारी दिएका छन् । काभ्रेमा प्रतिनिधि सभा र प्रदेश सभा गरी ६४ जनाले चुनावमा भाग लिएका छन् । काभ्रेमा कुलमतदान स्थल १९० र मतदाता केन्द्र ३८९ रहेका छन् । प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १ सय ६५ र समानुपातिक तर्फ १ सय १० गरी २ सय ७५ क्षेत्र रहेका छन् । त्यस्तैगरी प्रदेश तर्फ ३ सय ३० क्षेत्र रहेको छ । पुरुष ९१ लाख ४० हजार ८ सय ६ र महिला ८८ लाख ४७ हजार ५ सय ७९ गरी जम्मा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता संख्या रहेको छ । १० हजार ८ सय ९२ मतदान स्थल संख्या र २२ हजार २ सय ७८ कुल मतदान केन्द्र रहेको छ ।

      जिल्ला निर्वाचन कार्यालय धुलिखेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखिकरण कार्यक्रम आइतबार जिल्ला निर्वाचन अधिकार िउमेश कुमार राई र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा जिल्लाका क्रियासिल संचार कर्मीको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्