बनेपा नगरपालिका वडा नं ४ नाला लागँ टोल स्थित नाला उग्रचण्डी भगवती देवानन्द सत्तलमा २०५४ साल देखि नालामा स्थापित र सञ्चालित रामायण भजन सकीर्तणको रजत जयन्ती समारोह आइतबार भएको छ । कर्णबहादुर कर्माचार्यको सभापतित्वमा र नेतृत्वमा सञ्चालन भएको यस रामायण भजन सकीर्तणमा बुबा देहावशन पछि परम पुजनीय काका मदतमान श्रेष्ठको सभापतित्वमा र नेतृत्वमा रामायण भजन सकीर्तण सञ्चालन भएको थियो । बिकुनारायण श्रेष्ठको सभापतित्वमा र नेतृत्वमा सञ्चालन भइरहेको छ । रामायण भजन सकीर्तणको रजत जयन्तीको शुभ अवसरमा दिवगत हुनु भएका अध्यक्ष द्वयलाइ अमरत्वको लागि कामना गरिएको कुरा समितिका सिद्धिवहादुर कर्माचार्यले बताउनु भयो ।
