पनौती, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले विद्यालयका शिक्षकहरुलाई नगरमा काजमा भन्दै राजनीतिक नियुक्ति गरेकोमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति पनौतीले नगर प्रमुखलाई ध्यानकर्षण पत्र बुझाएको छ । प्रधानाध्यापकलाई लाचार बनाउँदै नगर प्रमुखको हस्ताक्षरमा प्र.अ. र शिक्षकहरुलाई स्पष्टीकरण सोध्ने कार्य गरेकोमा आपत्ती जनाएको छ । विद्यालय व्यवस्थापन समितिको विघटन र अध्यक्ष नियुक्ति गर्ने कार्य गरेको छ, शिक्षा विकास र सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु¥याउनु पर्ने स्थानीय सरकारले मनोमानी ढङ्गले इन्द्रेश्वर माध्यमिक विद्यालय माथि गैर कानुनी हस्तक्षेपलाई तत्काल सच्चाउनु पर्ने, न्यून वेतनमा कार्य गर्ने वाल विकास सहज कर्तालाई निवर्तमान नगर प्रमुख भिम न्यौपाने सरकारले थप गरेको रकम कट्टा गरेको छ । त्यसलाई सच्चाउनु पर्ने, विद्यालय कर्मचारीको तलव स्केल प्राथमिक तहको शिक्षक सरह बनाउनु पर्ने, कुल नगरको बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रको लागि विनियोजन गर्नु पर्ने, कम्तीमा सबै विद्यालयलाई १÷१ जना कम्प्युटर शिक्षक, खेलकुद, शिक्षक र संगित शिक्षकको व्यवस्थापन गर्नुपर्ने जनाएको छ, विद्यालयको विद्युत र टेलिफोन महशुल खर्चको व्यायभार नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाउन पर्ने माग राखि नेपाल राष्ट्रिय शिक्षक संगठन बपनौती नगर समितिका अध्यक्ष सुदर्शन भट्टराई र सचिव ओम प्रकाश वाइवाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
