IMG-LOGO

कडेलले ल्याए ‘ए माया जुनकिरी’

 मंगल, कार्तिक २२, २०७९  ---

      काठमाडौँ, गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ’ए माया जुनकिरी’ सार्वजनिक भएको छ । दुई दशकदेखि कथा, कवीता, खण्डकाव्य, गीतलेखन गर्दै आउनु भएको आँसुको यस गीतमा चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत गरेका छन् भने वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ । उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो निर्देशन गर्नुभएको छ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सहयोग रहेको छ । रामकृष्ण ढकालको अफिसिएल युटुबच्यानलमा उक्त गीत हेर्न सकिन्छ । काभ्रे जिल्ला तथा नमोबुद्ध नगरपालिका गीतसमेत सिर्जना गरिसकेका कडेलका यसअघि आधा दर्जन जति गीत सार्वजनिक भइसकेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्