IMG-LOGO

पनौती चिनाउने अर्को पुस्तक निस्कँदै

 मंगल, कार्तिक २२, २०७९  ---

      काभ्रे÷ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद केही नयाँ गरिरहन्छन, लेखिरहन्छन । उनै लाकोजूको  संस्कृति सम्बन्धी अर्को पुस्तक पनौतीका केही जात्रापर्व प्रकाशित हुने भएको छ । पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो । नगरको विशेषतालाई अक्षरमा लिपिबद्ध गरेर पनौती नगरका बारेमा जानकारी लिन चाहनेहरूका लागि पनौती नामक उपयोगी पुस्तक लेखिसकेका लाकोजूले पुनः पनौती सम्बन्धी नयाँ पुस्तक लेखेका हुन ।

      पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रद्ध, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोख्नुभयो । एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनु भयो । पुस्तकमा पनौतीको इतिहास , यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएका छन ।

     सूर्य लाकोजूका नेपाली साहित्यका विविध विधाका साँढे दुई दर्जन साहियिक कृति प्रकाशित छन । साथै त्यतिकै संख्यामा उहाँको सम्पादित कृति पनि छन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्