IMG-LOGO

रेडियो एवीसीको १६ औँ वर्ष–गाँठ सम्पन्न

 मंगल, कार्तिक २२, २०७९  ---

      काभ्रेको बनेपामा रेडियो एवीसी एफ.एम. ८९.८ मेगाहर्जले आफ्नो १६ औँ वार्षिकोत्सव समारोह बौद्ध वृद्धाश्रम बनेपाका जेष्ठ नागरिकहरुसँग मनाएको छ । रेडियोका सञ्चालक एवं समाजसेवी मधु प्रसाद आचार्यको प्रमुख आतिथ्यता र प्रवन्धक निर्देशक आर.एल. श्रमजीविको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन स्टेशन मेनेजर रमेश  प्रसाद न्यौपानेले गर्नु भएको थियो । रेडियोको वार्षिक समारोहको अवसरमा जेष्ठ नागरिकहरुलाई पौष्टिक आहार र फलफुल वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधु आचार्यले राजनीति जनताको जीवन बदल्न र सामाजिक रुपान्तरणका लागि भएको उल्लेख गर्नुभयो । राजनीतिमा योगदान  गरेका निष्ठावानलाई पछि पार्दै चाकडी बाद र डन वादले प्रशय पाएको गुनासो व्याप्त आएको हुँदा पार्टीलाई सुद्धिकरण र सुदृढीकरण गर्न नितान्त आवश्यक रहेको कुरा प्रमुख अतिथि आचार्यले बताउनुभयो । प्रवन्ध निर्देशक आर.एल श्रमजीविले नागरिकहरुको आवजलाई उजगार गरी बेथिति र विसँगतिको विरुद्धमा लागि सभ्य समाज निर्माणमा सञ्चारमाध्यामले भूमिका खेल्नु पर्ने कुरा बताउनु भयो । बौद्ध वृद्धाश्रम बनेपाका सल्लाहकार दैवज्ञराज कायस्थले जेष्ठ नागरिकहरुको खानपान र उच्च व्यवस्थापनको लागि सक्रिय लागि परेको बताउँदै जीवनको सबभन्दा महत्वपूर्ण विषय भनेको मानव मात्रको सेवा भएको उल्लेख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्