IMG-LOGO

मधु आचार्यको मनस्थिति

 मंगल, कार्तिक २२, २०७९  ---

      नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव प्रचार प्रसार समीती बागमती प्रदेश सह–संयोजक मधु आचार्य प्रतिनिधि सभा २ को टिकट नपाए पछि २०७९ कार्तिक  १७ सम्म जिल्ला नै टेकेनन् तर रेडियो एवीसीको १६ औँ वर्ष गाँठ समारोहमा प्रमुख अतिथि भएर आए पछि हामीले सोध्यौँ के तपाई काभ्रेको चुनावी माहौलमा सार्वजनिक नहुने ?

– त्यसो हुँदै होइन । मैले टिकट पाउनु पर्ने थियो तर भएन म काभ्रे र काभ्रेली जनताबाट टाढा भएको छैन् । छिट्टै आउने छु । पार्टीले खटाएको क्षेत्रमा जानु मेरो बाध्यता हो । यसलाई अन्यथा अर्थमा नलिन हुन म अनुरोध गर्दछु ।

– मेरो धारणा गठवन्धन थिएन तर पार्टी निर्णय सिरोधार्य गरेको छु । यस विषयमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेललाई साक्षी राखेर मैले २०७९ कार्तिक १३ गते प्रधानमन्त्री शेरवहादुर देउवासँग १ घण्टा छलफल गरेर हामी एउटा निष्कर्षमा पुगेका छौँ कि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने हाम्रो अठोट भयो ।

– म नेपाली कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा हुँदा हुँदै पनि अब झन सामाजिक कार्यमा, बौद्धिक जगतमा सक्रिय हुने बाचा गर्दछु ।

– नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रुखमा मतदान गरी नेपाली कांग्रेसलाई जिताउन म आम काभ्रेली मतदाता आमा, बा, दाजुभाई, दिदी वहिनीमा हार्दिक अनुरोध गर्दछु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्