एकातिर गृहमन्त्रि बालकृष्ण खांड अर्का तर्फ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाइने बताएका छन्। उअता विब्लव नेतृत्वको नेकपा उसबाट फुटेको नेकपा(बहुमत) लगायत चार दलले चुनावको अवज्ञा गर्ने बताएका छन् तर अवज्ञा कस्तो हुन्छ ? खुलाएका छैनन । आइतबार एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोल्न खोज्नेलाई कारबाही गर्ने बताएका हुन्। यसका लागि सरकारले पनि आवश्यक बन्दोबस्ती गर्न भनेको बताए। यसअघि भएका चुनावहरूमा बिथोल्नेहरूलाई कारबाही गर्ने पद्दति अवलम्बन नगर्दा समस्या आएको उनले बताए।यस्तै निर्वाचनको सुरक्षा अभावका कारण मतदान रोकियो, पुनः मतदान गर्नुपर्ने अवस्था आयो भने कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए। त्यसैले सरकारबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता प्रदान गर्नुपर्ने उनले बताए ।
