IMG-LOGO

भमरकोटका नवरङ्ग विमोचित

 मंगल, कार्तिक २२, २०७९  ---

            तत्कालिन भमरकोट गाउँ पञ्चायतमा जन्मिएका हाल पाँचखाल नगरपालिका ९ व्यक्तित्वको अन्तर कथा संग्रह भमरकोटका नवरङ्ग कार्तिक १३ गते विमोचन भएको छ । साहित्यकार मोहन दुवालले विमोचन गर्नु भएको उक्त कृति ४ सय ४८ पृष्ठको रहेको छ ।

            कृतिको संयोजन तेजप्रकाश बानियाँ र दुर्गा अधिकारीले गर्नु भएको हो भने पुस्तक प्रकाशन भमरकोट प्रकाशनले गरेको हो पाँचखालका हरेक बासिन्दाले पढ्नै पर्ने उक्त पुस्तकमा नौ भमरकोटहरु–तेजप्रसाद बानियाँ, दुर्गाप्रसाद अधिकारी, ’भमरकोट’ दामोदर अधिकारी, शंकर काफ्ले, रामशरण लुइटेल, नरेन्द्रजंग पिटर, बलराम सापकोटा, डा. भरत लामिछाने, डा. सुधारप्रसाद अधिकारीले आफूले भोगेका, देखेका, पढेका, सुनेका कुरा आफ्नै भाषा र शैलीमा लेखेका छन् । काभ्रे जिल्ला बुझ्न पुस्तकले सघाउ मात्र पुरÞ्याउँदैन, तत्कालिन ९ भमरकोटेले भोगेको जीन्दगीलाई बुझाउँछ । नयाँ काभ्रे र विशेष गरी नयाँ पाँचखाल बनाउन खोज्नेहरुका लागि पुस्तक सबैले पढ्नु पर्छ पुस्तक गहकीलो छ । पुस्तकको मुल्य ६ सय रुपैंया रहेको छ । (समिक्षा आगामी अंकहरुमा)

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्