IMG-LOGO

शिक्षा सदन माविको ६१ औँ वार्षिकोत्सवमा

 मंगल, कार्तिक १५, २०७९  शिक्षा सेवीद्वय चमन, राजन सम्मानित

 

       सामुदायिक विद्यालय मध्ये शैक्षिक विकासको स्तर उन्नतीमा निरन्तर अग्रसर रही छुट्टै पहिचान वनाएको शिक्षा सदन माविले ६१ औँ वार्षिकोत्सव कार्तिक ४ गते सांस्कृतिक झाँकी सहित सम्पन्न गरेको छ । शिक्षा सेवीद्वय चमनकृष्ण कायस्थ र राजन मुष्याजुलाई सम्मान गरेर विद्यालयले वार्षिकोत्सव मनाएको हो । त्यस्तै गरी विद्यालय व्यवस्थापन समिति सदस्य बसुन्धरा डङ्गोल समेत सम्मानित हुनु भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य पदम सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य हुनुहुन्थ्यो । प्रमुख अतिथि शाक्यले बनेपा नगरको शैक्षिक विकासका लागि गुणस्तर वृद्धि गरी शैक्षिक सुधार गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

       प्रमुख अतिथि शाक्यले सामुदायिक विद्यालयहरुको शैक्षिक उन्नतीका लागि व्यवस्थापन समिति, शिक्षकवर्ग र अभिभावक वर्ग सबैले आ-आफ्नो जिम्मेवारी बहन गरे प्रगति टाढा नरहेको उल्लेख गर्दै नगरपालिकाले आवश्यक सहयोग जुटाउने बताउनुभयो । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शुरकृष्ण बैद्य लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा बनेपा शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, बनेपा ८ वडाका  कार्यवहाक वडा अध्यक्ष स्वंमकाजी पोटे, बनेपा वडा नं. ९ का अध्यक्ष नृपेश बादे, ८ नं. वडाका पूर्व वडा अध्यक्ष दान वहादुर मानन्धर, एकीकृत अखिल नेपाल शिक्षक संंघ काभ्रेका बरिष्ठ उपाध्यक्ष पदम प्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ का्रभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

       कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालले विद्यालयको शैक्षिक स्तरीयता र भावि योजना बारे प्रष्ट पार्नुभयो । विद्यालयमा कक्षा शिशुदेखि १२ सम्म ५ सय ६८ विद्यार्थी अध्यनरत रहेको कुरा शिक्षाक ज्ञानु दाहालले बताउनुभयो । धन्यवाद ज्ञापन विद्यालयका पूर्व प्रधानाध्यापक पुकार कणर्जीतले गर्नु भएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्