हाम्रो अभियान लोक सांस्कृतिको जर्गेना, संरक्षण, स्रस्टाको संरक्षण, नव प्रतिभाको प्रोत्साहन भन्ने मुल उद्देश्य बोकी अघि बढेको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान काभ्रेको ५ औँ अधिवेशन ९ औँ साधारण सभा शनिबार लायकु मञ्चमा सम्पन्न भयो । प्रतिष्ठान काभ्रेका कार्यवहाक अध्यक्ष युवराज चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय कार्यवहाक अध्यक्ष रिता थापा हुनुहुन्थ्यो ।
बागमती प्रदेश अध्यक्ष वासु सिमखडा, केन्द्रीय सदस्य सागर गुरुङ, चर्चित कालाकारहरु उषा सुवेदी, हेक कार्की, बलवहादु।र गुरुङ, रामहरी न्यौपाने, रामशरण श्रेष्ठ, गोविन्द दुलाल, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, काभ्रेका लोक गायक क्षेत्रमा लागेका कलाकार गायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान काभ्रेका निवर्तमान अध्यक्ष धनपति दाहाल लगायतको आतिथ्यता रहेको थियो । ४० हजार सदस्य रहेका प्रतिष्ठानमा ५ हजार केन्द्रीय सदस्य रहेका छन् । प्रमुख अतिथि रिता थापाले सकारात्मक सोचका साथ सबै लोक गायक एकतावद्ध भई सांस्कृतिक क्षेत्रको उत्थान, सकारात्मक संस्कारको विकास गरी चेतना फैलाउन तिर लोक गायकहरु तल्लिन रहनु पर्ने धारणा राख्नुभयो । एक अर्कोलाई परेको समस्यालाई सम्बोधन गर्ने तिर सबैको ध्यान जानु पर्ने कुरा प्रमुख अतिथि थापाको रहेको थियो ।
काभ्रेको अध्यक्षमा केदार न्यौपाने
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान काभ्रेको अध्यक्षमा केदार न्यौपानेलाई निर्वाचित गरेको छ । प्रथम उपाध्यक्ष शरण हुमागाई, उपाध्यक्षहरु नवराज गौतम, संगिता अधिकारी, सचिव यंक प्रसाद घिमिरे, कोषाध्यक्ष विनोद नेपाल, रमेश थापा, सह-सचिव विनोद नेपाल र सहकोषाध्यक्ष शिव तिमल्सिना र सदस्यहरु गरी २३ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ । कार्यक्रमको सञ्चालन सरण हुमागाईले गर्नुभएको थियो ।
