IMG-LOGO

काभ्रे माविको ३० औँ वार्षिकोत्सवमा दीर्घ शिक्षा सेवी केशव, विकास र कल्पना सम्मानित

 मंगल, कार्तिक १५, २०७९  ---

       शैक्षिक क्षेत्रको विकासमा इटा थप्न सफल बनेपाको काभ्रे माविको ३० औँ वार्षिकोत्सव कार्तिक ६ गते सम्पन्न गरेको छ । बनेपा बजार क्षेत्रमा विभिन्न सांस्कृतिक झाँकी सहित विद्यालयमा दिर्घ शिक्षा सेवा गर्नु भएका शिक्षा सेवीहरु केशव श्रेष्ठ, विकास श्रेष्ठ र कल्पना तिवारीलाई गोल्डमेडल र दोसल्ला ओढाई सम्मान गरी वार्षिकोत्सव मनाएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथि शाक्यले बनेपा नगरको शैक्षिक विकासमा स्तरीयता प्रदान गर्न संस्थागत विद्यालयको प्रशंसनीय भूमिका रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकास गर्न नगरपालिकाले नीति, योजना र कार्यक्रम अघि बढाउने बताउनुभयो । बनेपा नगर उपप्रमुख विमला सापकोटा (दाहाल), शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, काभ्रे प्याव्सनका अध्यक्ष श्याम बहादुर भुजेल, विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्दलाल प्रधानाङ्ग, काभ्रे माविका भूपु विद्यार्थी एवं काठमाण्डौँ विश्व विद्यालयका एसोकेट डाइरेक्टर शुशिल श्रेष्ठ, सार्वजनिक गुठी विद्यालय संघ केन्द्रीय संजिव सरोज न्यौपाने, बनेपा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । काभ्रे इङ्गलिस सेकेण्डरी स्कूल पनौतीका प्रिन्सिपल बसन्तराज नेपालको समेत आतिथ्यता रहेको थियो ।

       विद्यालयका सञ्चालक सदस्य शान्तिराज कायस्थले शुभकामना मन्तव्य राख्नुभयो । सहायक प्रिन्सिपल विकास श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा प्रिन्सिपल कुमार मानन्धरले विद्यालयको शैक्षिक प्रगति र भावि योजनाको बारेमा प्रस्तुत गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झाँकी सहितको नृत्य प्रस्तुत गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्