IMG-LOGO

सञ्चारकर्मी चौलागई प्रति श्रद्धाञ्जली

 मंगल, मंसिर ९, २०७७  --


    कोभिड–१९ महामारी प्रकोपकोप कारण मृत्यु भएका सञ्चारकर्मी विष्णु चौलागई प्रति श्रद्धाञ्जली सभा आयोजना गरियो । नेपाल पत्रकार महासंघ काभ्रेले १३औँ दिनको पुण्य तिथिमा  श्रद्धाञ्जली सभा गरेको हो । नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष  रमेश प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रममा महासंघ काभ्रेका उपाध्यक्ष र
मेश प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रममा महासंघ काभ्रेका पूर्व अध्यक्ष इस्वरी ओझाले काभ्रेपोस्ट साप्ताहिकका प्रकाशक समेत रहेका स्वर्गीय विष्णु चौलागईले काभ्रेको पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै एक असल सञ्चारकर्मी गुमाउँदा सञ्चार क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनु भयो । काभ्रे पोस्ट साप्ताहिक पत्रिका काभ्रे जिल्लाबाट प्रकाशित गरेर ग्रामिण दुर दराजका आवाज विहिनहरुको आवजलाई नागरिक बिच पु¥याएर सूसूचित गराउन उहाँले भूमिका खेलेका चर्चा गर्नुभयो । नेपाल पत्रकार महासंघ वागमती प्रदेशका उपाध्यक्ष यदुनाथ देउपुरेले स्वर्गीय विष्णु चौलागाई प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्दै पत्रकारिता जगतमा विष्णु चौलागाईले जिल्लामा वेग्लै पहिचान बनाएको र जिल्लामा प्रकाशित अन्य पत्रपत्रिका पनि टिक्न र विक्न सक्नु पर्छ भन्ने उहाँको सकारात्मक सोच रहेको उल्येख गर्नुभयो । मृतक चौलागाईका भाइ दिपक चौलागाई लगाएतले बोल्नु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, भोला थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सचिव सुरेश हुमागाइ, प्रेस संगठन नेपाल काभ्रेका अध्यक्ष कपिल कोइराला महासंघ काभ्रे  शाखाका कार्य समिति टिम र सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश प्रसाद न्यौपानेले स्वर्गीय विष्णु चौलागाई प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदलेर विष्णु चौलागाइले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानलाई आत्मसाथ गरी सञ्चार प्रकाशित आफ्नो सञ्चार माध्यमलाई दिगोपन दिन सुझाव दिनुभयो । महासंघ काभ्रे सञ्चार माध्यमको व्यवसायिक विकास र स्थायित्वको लागि सबै सञ्चार माध्यम एकता बद्ध भइ सञ्चार उद्यमको स्थायित्व र विकासमा लाग्नु पर्ने धारणा राख्नु भयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्