विप्लव र विपलवबाट फुटेको नेकपा बहुमतले आगामी मंगसिर ४ गते हुने निर्वाचन अबज्ञा गर्ने भएका छन् । अवज्ञा कसरी गर्छन त्यो हेर्न बाँकी छ एक बक्तब्य काभ्रे टाइम्सलाई प्रेषित गर्दै नेकपा बहुमतले भनेको छ - दलाल पुँजीवादी संसद्वादले आफ्नो दीर्घायुको मिथ्या सपना साकार पार्ने योजना बनाएर घोषणा गरेको कथित प्रदेश र सङ्घको निर्वाचनको अवज्ञा आन्दोलन देशव्यापी रूपमा प्रभावकारी बन्दै गएको छ । विगतमा देश र जनताको मुक्तिका गुलिया नारा दिएर चुनाव गराउँदै सरकार र सत्ता सञ्चालन गर्ने स्थानमा पुगेका संसद्वादी पार्टी र नेताहरूले देश र जनतालाई घात र आहतबाहेक केही नदिएपछि आजित भएका जनताले नेकपा (बहुमत) लगायत चार वामपन्थी दलले अघि बढाएको निर्वाचन अवज्ञा/बहिष्कार आन्दोलन र सभाहरूमा उल्लेखनीय रूपमा सहभागिता जनाएर दलाल पुँजीवादको एक मात्र र भरपर्दो विकल्प वैज्ञानिक समाजवादी सत्ता हो र त्यसका लागि यो दलाल पुँजीवादी सत्ताको अन्त्य अत्यावश्यक र अपरिहार्य छ ।
