IMG-LOGO

१२ वर्ष जेल हाल्ने सन्दीप विरूद्ध मुद्दा

 मंगल, कार्तिक १५, २०७९  ---

नाबालिग माथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। अदालतका सूचना अधिकारी दीपक दाहालले सोमबार मुद्दा दर्ता भए पनि मंगलबार मात्रै थप प्रक्रिया अघि बढ्नेछ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्