IMG-LOGO

सक्रिय बचतको आम्दानी ५८ लाख ४६ हजार

 मंगल, कार्तिक १५, २०७९  ---

 

       सक्रिय बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ९ औँ वार्षिक साधारण सभा शनिबार संस्थाका अध्यक्ष सुशिल पोटेको सभापतित्वमा सम्पन्न भयो । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष जीतेन्द्र नकर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष राजकुमार मानन्धरले स्वागत मन्तव्य दिनुभयो ।

       सचिव राजेश्वर श्रेष्ठले प्रगति प्रतिवेदन तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष मोनी नकर्मीले आ.व. ०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा संयोजक प्रमिश पोटेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार ५७ शेयर सदस्यबाट ४९ लाख २१ हजार ५ सय शेयर पुँजी संकलन, १० करोड २३ लाख ५४ हजार ८ सय २५ बचत संकलन, १ करोड ४९ लाख ४४ हजार ३ सय ३८ ऋण लगानी गरिएकोमा १ करोड ३१ लाख ७० हजार ऋण असुली ३ करोड ३४ लाख ५६ हजार ६३ कर्जा उठाउन बाँकी रहेको छ ।

       लगानीबाट ५८ लाख ४६ हजार ६ सय ३७ आम्दानी गर्न सफल भएको छ । ५३ लाख १४ हजार ४ सय ७७ खर्च भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्