IMG-LOGO

दूई दम्पत्तिलाई सयपत्री राष्ट्रिय सम्मान

 मंगल, कार्तिक १५, २०७९  ---

       बनेपा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्तिको अवसरमा यस वर्ष पनि सयपत्री प्रतिष्ठान नेपाल जनागालले दूई साहित्यकार दम्पत्तिलाई सयपत्री राष्ट्रिय सम्मान २०७९बाट सम्मानित गरेकोछ । यसरी सम्मानित हुनु हुनेमा साहित्यकार स्नेह सायमी र लक्ष्मीमाली (दम्पत्ति) तथा वरिष्ट स्त्रीरोग विशेषज्ञ एवं साहित्यकार डा सुमनराज ताम्राकार र चण्डेश्वरी श्रेष्ठ ताम्राकार(दम्पत्ति) रहनु भएको छ । उहाँहरुलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रमका प्रमुख अतिथि के. के. कर्माचार्यले सम्मानित गर्नुृहुदै दम्पत्ति सहितको सम्मान नौलो, अनुकरणीय र उदाहरणीय भएको थियो । सयपत्री सम्मानमा सयपत्रीको माला, दुवोको माला, दोसल्ला, सम्मानपत्र, तिहारको मसला, फलफूल र बाटो खर्च ५०००।- रहेको छ ।

       े कार्यक्रममा सम्मानित साहित्यिकार स्नेह सायमीले आफुले थुप्रै राष्ट्रिय सम्मानहरु पाएको भएता पनि आफ्रनो जीवनसंगिनीलाई समेत एकसाथ राखेर सम्मानित गरेको सम्मान विशेष र अविस्मरणीय भएको बताउनु भएको थियो भने साहित्यकार लक्ष्मी मालीले सयपत्री सम्मानले आफ्नो विवाहको स्मरण गराएको बताउदै सयपत्री सम्मान र सयपत्री प्रतिष्ठान सदैव हृदयमा बस्ने बताउनु भयो । कार्यक्रममा सम्मानित अर्को जोडी डा सुमनराज ताम्राकारले कुनैव्यक्ति सफल हुनुमा घर परिवारको भूमिका महत्वपूणर् भएको र आफू सफल हुन पनि श्रीमतीको भूमिका विशेष भएकोमा त्यो योग्दानाई समेत कदर गरेर सयपत्रीले सम्मान गर्ने गरेको परम्परा एकदमै विशेष खालको भएको र यसले आफुहरुलाई रोमान्चित पारेको बताउनु भएको थियो ।

       कार्यक्रमका सभापती प्रतिष्ठानका सल्लाहकार एवं साहित्यकार मोहन दुवालले सयपत्रीले २२ वर्षदेखि निरन्तर साहित्यिक कार्यक्रम गरेको र दम्पत्ति सहितको सम्मानले यस क्षेत्रको पहिचान कायम भएको चर्चा गर्नुृ भएको थियो भने विशेष अतिथिद्वय प्रा.डा.रामप्रसाद दाहाल र प्रा. डा जिवेन्द्रदेव गिरीले सयपत्रीको दम्पत्ति सहितको सम्मानको चर्चा गर्नु भएको थियो । सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिष्ठानको गतिविधि र सम्मानको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा बनेपा न.पा. वडा नं १० का अध्यक्ष चन्द्रबहादुर खडका, आयोजक संस्थाका उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजा लगायतले बोल्नु भएको उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी श्रष्टाहरुले आ-आफ्नो रचना वाचन गरेका थिए । देवकोटा जयन्तिको अवसर पारी सयपत्री प्रतिष्ठानले २०५५ सालदेखि निरन्तर साहत्यि ककार्यक्रम गरी प्रत्येक वर्ष राष्ट्रिय स्तरका एक जोडी साहित्यकार र काभ्रे जिल्लाको एकजोडी साहित्यकारलाई सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गर्दै आएको छ । प्रतिष्ठानले हालसम्म ६४ जना श्रष्टाहरुलाई सम्मानित गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्