बनेपा, क्रियटीभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ आंै बार्षिक साधारण सभा गत शनिबार सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष कमला श्रेष्ठको सभापतित्वमा र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जिवनकाजी मकाजु श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता कुवेर मानन्धर, उत्कृष्ट मासिक बचतकर्ता सुर्यमाया भोछिभोया र त्यसैगरी असल ऋणीमा मङगलमाया श्रेष्ठ तथा उत्कृष्त मुद्दति बचत कर्ता सिता धिताललाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । । कार्यक्रमको संचालन संस्थाकी सचिव पल्लवी प्रधानले सञ्चालन गर्नु भएको थियो ।
