IMG-LOGO

काभ्रे बहुमुखि क्याम्पसको शुभकामना आदान प्रदान

 मंगल, कार्तिक १५, २०७९  ---

 

       काभ्रे बहुमुखि क्याम्पसले नेपाल संम्वत ११४३ को नयाँ वर्ष तथा  शुभ दिपावली (स्वन्ति) २०७९ को पावन अवसरमा  गत आइतबार (कार्तिक ६ गते) शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि पूर्व उद्योग राज्यमन्त्री एवं प्रदेश सभा क्षेत्र नं २ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार कञ्चनचन्द्र वादेले कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्र,  संविधानको रक्षाका लागि आफूलाई जिताएको खण्डमा समृद्ध काभ्रे बनाउँने अभियानमा आफू सक्रियताका साथ लागि पर्ने बताउनुभयो ।

       क्याम्पस प्रमुख केजी बैदारले स्वागत मन्तव्य राख्दै नेपाल संम्बतको महत्व र महिमाको बारेमा चर्चा गर्नु भएको थियो । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द केसी,  प्राध्यापक इश्वरी ओझा लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा संस्कृतिविद ज्ञानकाजी मानन्धर, क्याम्पसका आजीवन सदस्यहरु, प्राध्यापकहरु, शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोधर कायस्थको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्