IMG-LOGO

सत्यमोहन जोशीको श्रद्धाञ्जली सभा

 मंगल, कार्तिक १५, २०७९  ---

 

       नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको आयोजनामा नेपाल भाषा एकेडेमीका संस्थापक कुलपति, भाषा/संस्कृतिबिद्, पुरातत्व बिभागको प्रथम निर्देशक,नेराप्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव,३ पटक सम्म मदन पुरस्कार प्राप्त गर्ने बिशेष ब्यक्तित्व, बरिष्ठ साहित्यकार, नेपालीहरुको  अग्रज तथा अभिभावक आदरणीय शताब्दी पुरुष स्वर्गीय डा. सत्यमोहन जोशीको श्रध्दाञ्जली सभा नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको अध्यक्ष सोमकाजी शाक्यको सभापतित्वमा र संस्कृतबिद आदरणीय ज्ञानकाजी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

       नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको सचिव प्रकाशबहादुर कायष्ठले सभा सञ्चालन गर्नुभएको थियो ।  नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको केन्द्रीय पार्षद एबं बरिष्ठ साहित्यकार मोहन दुवाल डा.सत्यमोहन जोशीको जीवन कहानी, नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको केन्द्रीय पार्षद एवं  साहित्यकार सूर्य प्रसाद लाकोजू, शिक्षाबिद हरिशंकर मानन्धर, विशिष्ट अतिथि नेवा पत्रकार राष्ट्रिय दबु केन्द्रीय कार्यसमितिको सदस्य बिजयराम कर्माचार्य लगायतले शोकमन्तव्य दिनुभएको सभामा नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको निबर्तमान अध्यक्ष एबम बागमती प्रदेश पार्षद सिद्धिबहादुर कर्माचार्य, डा.इवामुरा अस्पतालका प्रबन्ध निर्देशक डा.उत्तमकृष्ण कर्माचार्य, बनेपा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर , नेवा पत्रकार राष्ट्रिय दबु बागमती प्रदेश पार्षद द्वय टीका भक्त भोछिभोया र पुनमाया कर्माचार्य, नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको उपाध्यक्ष द्वय शम्भुलाल श्रेष्ठ  र भारती श्रेष्ठ, सह सचिव दिलीप श्रेष्ठ, सदस्यहरु हर्षनारायण कर्माचार्य, ध्रुवकृष्ण ताम्राकार, रामलाल मानन्धर र बिकुनारायण ताम्राकार लगायतको आतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्