IMG-LOGO

नेकपा एसको जिल्ला सदस्य लक्ष्मण सहित १६ एमालेमा

 मंगल, कार्तिक १५, २०७९  ---

 

       पनौती नगरपालिका वडा नं. १२, नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईको वडाबाट १६ जना पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एस काभ्रेका जिल्ला सदस्य समेत रहेका लक्ष्मण कार्की सहितको टोली एक कार्यक्रम बीच आइतबार एमाले पार्टी प्रवेश गरेका हुन् । नेकपा एस पनौती नगर कमीटी उपाध्यक्ष देवराज के.सी, किसान महासंघ जिल्ला कमिटी सदस्य उमेश हुमागाई, युवा संघ पनौती नगर कमिटी सदस्य मनोज कार्की रहेका छन् । अनेम संघ उपाध्यक्ष प्रिया खत्री, अनेम संघ सचिव रिता केसी, वडा कमिटी निमा लामा, सोही वडाका उपाध्यक्ष दुर्गा वहादुर लामा, उपसचिव निमा लामा, वडा कमिटी सदस्यहरु साङ्गे तामाङ, सोनामसिह तामाङ, नहकुल केसी, हरी प्रसाद हुमागाई, राजेन्द्र तामाङ, सुरेन्द्र केसी लगायतका व्यक्तिहरु नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमीटी सदस्य एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार कुमार थापा, बागमती प्रदेश कमीटी सदस्य भिम न्यौपाने, पनौती नगर अध्यक्ष शुरेश हुमागाई,  वडा कमीटी अध्यक्ष ईश्वर जंगम लगायतको आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्