धुलिखेल-८ बडालगाउँ, श्री जनचेतना युवा समुहले शुभ दिपावली, २०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्त्वमा तथा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप्रमुख निराजन जंगम अतिथि हुनुहुन्थ्यो । धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विनोद गौतम र ३ नं वडाका अध्यक्ष गणेश आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि अशोक व्याञ्जुले धुलिखेल नगरपालिकाले भौतिक पूर्वाधार सडक, भवन निर्माण देखि लिएर शिक्षामा गुणस्तर विकास, स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार, खानेपानीको क्षेत्रमा धुलिखेलका सबै नागरिकले शुद्ध पिउने पानी पुर्याउने उद्देश्यका साथ एक घर एक धारा जडान लगायतका कार्यक्रम अघि सारी योजनावद्ध ढङ्गबाट दिगो लक्ष्य प्राप्तिका योजनाका कार्यक्रमहरु कार्यान्वयन तर्फ अघि बढाइएको कुरा नगरप्रमुख व्याञ्जुले राख्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष उद्धव प्रसाद वडाल लगायतले मन्तव्य राख्नु भएको थियो । रक्तदान समूहका संस्थापक अध्यक्ष एवं ७० पटक रक्तदान गर्नु हुने केदार न्यौपाने, ब्लड सर्कलका अध्यक्ष एवं ७९ पटक रक्तदान गर्नुहुने अनिल रत्न तुलाधर, उपाध्यक्ष लक्ष्मण सरण जोशी लगायतले रगत दान जीवनदानको महत्वको बारेमा बोल्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका प्राविधिक टोली रमेश उपाध्यय (खतिवडा) लव थापा, रोशनी खत्री, विन्दु खडका लगायतले सहयोग पुर्याउनु भएको थियो । देउसी भैलो कार्यक्रमबाट २२ हजार ४ सय २५ रकम संकलन भएको छ । देउसी भैलो कार्यक्रममा सामाजिक तथा सांस्कृतिक संयोजक सागर सापकोटा, त्यस्तैगरी आजीवन सदस्य शिव प्रसाद चौलागाई र युवा परमेश्वर वडालले सहयोग पुर्याउनु भएको थियो । संस्थाका निवर्तमान अध्यक्ष साधुराम वडाल, संस्थाका आजीवन सदस्यहरु मानार्थ सदस्य लगाएतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवराज वडालले गर्नु भएको थियो । स्थानीय युवा र संस्थाका आजीवन सदस्यबाट ४४ प्रिन्ट रगत संकलन भएको कुरा संस्थाका उपाध्यक्ष रमेश वडालले बताउनुभयो ।
