IMG-LOGO

डा. कोजुलाई सयपत्रीको कृष्णकुमार सम्मान

 मंगल, कार्तिक २५, २०७७  --



बनेपा । सयपत्री प्रतिष्ठान नेपाल जनागालले यस वर्षको सयपत्री – कृष्णकुमार केसी स्मृति सम्मान तथा पुरस्कार २०७७ बाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन प्रा.डा राजेन्द्र कोजुलाई सम्मानति र पुरस्कृत गरेको छ । डा. कोजुलाई स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योग्दान र कोरोना महामारीमा धुलिखेल अस्पताल मार्फत कोरोना संक्रमित विरामीको उपचारमा खेलेको नेतृत्वदायी भूमिका लागि नगद १० हजार १ रुपैया राशीको सो सम्मान स्व.केसीको चौथो वार्षिक पूण्य तिथिको अवसरमा कार्तिक १५ गते प्रदान गरिएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लहाकार मोहन दुवालले सयपत्री प्रतिष्ठानले निरन्तर सम्मान गर्ने अभियानले राष्ट्रमा गौरवशाली काम गरेको बताउनु हुदै डा. कोजुलाई टिका, माला, दोसल्ला र सम्मान पत्रले सम्मानित गर्नु भएको थियो । कार्यक्रममा सम्मानित डा. कोजुले सामाजिक सेवा ठुलो सानो नहुने र राम्रो गर्ने हो भने सानै भए पनि महत्वपूर्ण हुने बताउनु हुदै सयपत्रीको सम्मानले आफुलाई अझै केही गर्ने हौसला मिलेको बताउनु भयो । कोरोनादेखि आतिनु पर्दैन तर हेलचक्राई गर्नु हुदैन भन्नु हुदै उहाँले ज्वोरो आई जिउँ दुख्यो, डाइरिया भयो, रुघा लाग्यो, टाउको दुख्यो भने चिकित्सकको सल्लाह लिएर घरमै बसेर पनि कोरोनाको उपचार गर्न सकिने तर सुख्खा खोकी एकदमै लाग्यो र सास फेर्न पनि गाह«ो भएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गरि अस्पताल गई हाल्नु पर्ने सुझाव दिनु भएको थियो । अहिले कोरोना संक्रमित एक हजार मध्ये नौ सय ९५ जनालाई ठिक हुने गरेको बताउदै डा. कोजुले नियमित माक्स लगाउने र बेलाबेलामा साबुन पानीले हात धुने गरेमा पनि धेरैमात्रामा संक्रमनबाट बच्न सकिने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले कोरोना महामारीमा अग्रपंङतीमा रही आफ्नो स्वास्थ्य सुरक्षाको समेत ख्याल नगरि दिन रात सेवामा तल्लिन स्वास्थ्यकर्मीलाई दुरव्यबहार नगरी उहाँहरुको सम्मान गर्नु पर्ने सन्देश दिनको लागि यस वर्ष स्वास्थ्य क्षेत्र विद्या अन्तर्गत डा. कोजुलाई सम्मान गरेको बताउनु भएको उक्त कार्यक्रममा धुलिखेल अस्पतालका बरिष्ठ स्त्री तथा बाल रोग विशेषज्ञ डा सुमनराज ताम्राकारले सम्मानित व्यक्ति डा. कोजुको व्यक्तित्व र योगदानका बारेमा प्रकाश पार्नु भएको थियो भने बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले सन्देश मुलक गित प्रस्तुत गर्नु भएको थियो । बनेपा नपा वडा न १० का वडा अध्यक्ष चन्द्रबहादुर खडका, जनज्योति मावि विद्यालय व्यबस्थापन समितिका अध्यक्ष यादव थापा, प्रतिष्ठानका उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजा लगायतले सयपत्री प्रतिष्ठानको र स्व.कृष्णकुमार केसीको योग्दानका बारेमा चर्चा गर्नु भएको थियो । २०७३ असोज २९गते कोजाग्रत पूर्णिमाका दिन निधन  भएकासस्थापक अध्यक्ष कृष्णकुमार केसीको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न विद्यामा सम्मान तथा पुरस्कार वितरण गदै आएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्