नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार गोकुल प्रसाद बास्कोटाले शान्तिपूर्ण निर्वाचनमा एमालेले सहयोग गर्ने धारणा राख्नु भएको छ । प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले बिहीबार आयोजना गरेको नेकपा एमालेका उम्मेदवारहरू सँग सञ्चारकर्मी कार्यक्रममा नेता बास्कोटाले शान्तिपूर्ण चुनावमा सत्ता दुरुपयोगको गन्ध आयो भने त्यसको हिसाब किताब हुने चेतावनी दिनुभयो । उहाँले प्रतिस्पर्धी पार्टीको विचार दृष्टिकोण कार्यक्रममाथि कुनै पनि प्रकारको अपमानजनक व्यवहार प्रदर्शन एमालेले नगर्ने प्रस्ट समेत पार्नुभयो । कार्यक्रममा एमाल बाट प्रतिनिधिसभा १ का उम्मेदवार रेशमबहादुर लामा प्रदेशसभा क का दिलिप लामा, ख का चन्द्र लामा तथा प्रतिनिधिसभा २ क का उम्मेदवार कुमार खकुरेल र ख का कुमार थापाले आफ्ना राजनितिक योजना बारे जानकारी गराउनु भएको थियो । समानुपातिक उम्मेदवारको समेत उपस्थिति रहेको कार्यक्रम प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझिको अध्यक्षतामा सम्पन्न भयो भने संस्थाका सचिव जगत तामाङले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
