IMG-LOGO

आय आर्जनको खुद मुनाफा ९ लाख ६७ हजार

 मंगल, कार्तिक १, २०७९  --

 

 

       आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि पाँचखाल ४ को १३ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भयो । संस्थाका सचिव राजु सिग्देलले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष युवराज प्याकुरेलले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक बैकुण्ड प्रसाद न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका ७ सय ८७ शेयर सदस्यबाट ४९ लाख ८३ हजार ९ सय शेयर पूँजी संकलन, १ करोड ३८ लाख ६८ हजार १४ बचत संकलन गरी १ करोड ९० लाख ऋण लगानी उठाउन बाँकी रहेको छ । लगानीबाट २६ लाख ७२ हजार ६ सय ८२ कुल आम्दानी छ भने खुद मुनाफा ९ लाख ६७ हजार ६ सय ५४ रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्