काभ्रेको रोशी गाउँपालिका– ६ कुखुरेपाखामा एक्स्काभेटर दुर्घटना हुँदा एक अपरेटरको मृत्यु भएको छ । एक्स्काभेटर अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेमा एक्स्काभेटर अपरेटर (चालक) रामेछाप जिल्ला दोरम्बा गाउँपालिका– २ का २५ वर्षीय जीवराज तामाङ रहेका छन् । कुखुरेपाखाबाट कटुन्जेतर्फ आउँदै गरेको बा.२ ख ८६०२ नम्बरको एक्स्काभेटर अनियन्त्रित भएर सोमबार बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरीेले जानएको छ ।
