IMG-LOGO

धनेश्वरी बहुउद्देश्यीय सहकारीको २२ औँ वार्षिक साधारण सभा

 मंगल, कार्तिक १, २०७९  --

 

 

       बनेपा, धनेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाको २२ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बद्री प्रसाद पलाञ्चोकेको सभापतित्वमा शुक्रबार अरनिको पार्टी प्यापलेस बनेपामा सम्पन्न भयो । बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ  काभ्रेका अध्यक्ष  दिलिप शर्मा विशिष्ट अतिथि हुनुहुन्थ्यो । बनेपा वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्य, चण्डेश्वरी साकोस बनेपाका अध्यक्ष नविन भक्त बादे, काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्य सहकारी संघको प्रतिनिधि कृष्णभक्त थापा, संस्थाका सल्लाहकारहरु राजु सरकार, टिकाभक्त भोछिभोया लगायतको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शाक्यले सहकारी क्षेत्रको संख्यात्मक वृद्धि हुनु गुणस्तरीय सेवा सदस्यमा पु¥याउन चाहि नसक्नु कमजोरी भएकोले सुधार गर्दे शेयर सदस्यहरुको वृहत्तर आर्थिक उन्नतीमा लाग्नु पर्ने धारणा राख्नुभयो ।

       प्रमुख अतिथि शाक्यले सहकारी संस्थाहरुको छाता संघहरु र विषयगत संघहरुले सहकारीहरुको वित्तीय कारोवारको अवस्था, संख्यात्पक अभिलेखिकरण, बनेपा नगरपालिकामा पेश गरी सहयोग गर्न आग्रह गर्दै बनेपाको सुरक्षाको लागि आफ्नो सहकारी अगाडी बाटो देखिने गरी शिशिक्यामरा जडान गरी सहयोग पु¥याउन आग्रह गर्नुभयो । २००० सालमा काभ्रेको बनेपाबाट सहकारी संस्थाको दर्ता भएको पुस्तकहरुमा उल्लेख भएको भए पनि चितवन जिल्लाबाट २०१३ मा पहिलो सहकारी सञ्चालन आएको उल्लेख गरेको छ । संस्थाका सचिव श्यामकुमार भालुले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । संस्थाका कोषाध्यक्ष उमेश रत्न शाक्यले आ.व. ०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेशभक्त भोछिभोयाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

       १ हजार ५ सय ९४ शेयर सदस्यबाट ६८ लाख ४८ हजार ४ सय शेयर पूँजी संकलन १० करोड ६५ लाख ४०  हजार ८ सय ४५ बचत निक्षेप संकलन, १० करोड १० लाख २६  हजार ५ सय १८ ऋण लगानी गरी मुनाफा बाँडफाँडमा ४  लाख ५३ हजार ३ सय ८० व्यवस्था गरेको छ । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट वालबचत कर्तालाई सम्मान गरिएको थियो । उत्कृष्ट धनेश्वरी कर्मचारी २०७९ सम्मानद्वारा नविना मास्केलाई सम्मान गरेको थियो । संस्थाका प्रवन्धक भवसागर रञ्जीतले बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी उद्देश्य अनुसार थप कार्य गर्न अघि बढ्ने बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्