IMG-LOGO

पब्लीक सुत्रधारले राष्ट्रिय प्रतिभा डा.राम सम्मानित

 मंगल, कार्तिक १, २०७९  -

 

       पब्लीक सुत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि.  बनेपाको २२ औँ वार्षिक साधारण सभा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा शनिबार बनेपा पार्टी भेन्युमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै  प्रमुख  अतिथि शाक्यले सहकारीहरुको संस्थागत विकास शेयर सदस्यहरुको  आर्थिक सामाजिक, सांस्कृतिक परिपूर्ति गर्नु पर्ने धारणा राख्नुभयो । प्रमुख अतिथि शाक्यले सहकारी संस्थाहरुले शेयर सदस्यहरुको लगानीको सुरक्षा, सामाजिक क्रियाकलाप गर्नुपर्ने बताउनुभयो । शैक्षिक सामाजिक सेवामा लाग्नु भएको प्रतिभा डा. रामप्रसाद दाहाललाई पब्लीक सुत्रधार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । बरिष्ठ साहित्यकार मोहन दुवाल, कार्यक्रममा लायन्स क्लव अफ काभ्रे बनेपाका अध्यक्ष पदम श्रेष्ठ लगायतको मन्तव्य राख्नु भएको थियो । जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, शेयर सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट नतिजा ल्याउनेलाई व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव विधान जोशी , कोषाध्यक्ष रामशरण हुँमागाईले आ.व. ०७८÷०७९ लेखा सुपरीवेक्षण समितिका संयोजक निर्मल कर्माचार्यले लेखा प्रतिवेदन  प्रस्तुत गर्नुभयो । ४ हजार २ सय ३३ शेयर सदस्यबाट ३ करोड ५१ लाख ४० हजार ८ सय रकम संकलन, ३९ करोड २३ लाख ९४ हजार ४ सय ५४ निक्षेप संकलन,  ३२ कारेड १८ लाख २६ हजार ८ सय ५५ रहेको छ । ३ करोड  ८६ लाख ४२ हजार ८ सय ५ व्याज  आम्दानी गर्न सफल भएको छ । संस्थाका अध्यक्ष महेश कुमार कार्माचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्