IMG-LOGO

पोर्टेज संस्थाको २०औं साधारण सभा सम्पन्न

 मंगल, कार्तिक १, २०७९  --

 

      पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको २० औं साधारण सभाहालै सम्पन्न भएको छ । संस्थाका सल्लाहकार प्रचण्डराज प्रधानले उद्घाटन गर्नुभयो । राष्ट्रियगान पोर्टेज बिद्यालयका बिद्यार्थीहरुले र  स्वागतमन्तब्य संस्थाका उपाध्यक्ष श्रीकृष्ण घिमिरे दिनु भएको थियो । संस्थाका सह सचिव बलराम दाहालले आ.ब.२०७८÷०७९ को प्रगति बिवरण तथा आ.ब.२०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको र कोषाध्यक्ष ललिता कर्माचार्यको अश्वस्थाको कारणबाट वहांको सहमतिबाट आ.ब.२०७८÷०७९ रु.१८१७७५५।६३ को यथार्थ आय–ब्यय र आ.ब. २०७९÷०८० को रु.३७१३६००। को अनुमानित आय–ब्यय प्रस्तुत गर्नु भएको थियो ।

       संस्थाका अध्यक्ष सुरथ बहादुर थापाको सभाध्यक्षतामा भएको साधारण सभामा संस्थाका सल्लाहकार तथा प्रमुख अतिथि प्रचण्डराज प्रधानले अपाङ्गता भएका बालबालिकाहरु महत्व पुर्ण सेवा गरिरहेको संस्थाको कार्य निकै सह्रानिय रहेको बताउनु हुंदै यस किसिमको कार्यको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । बनेपा न.पा. वडा नंं.१२ का अध्यक्ष रामबहादुर कुंवरले आफ्नो वडामा रहेको यस संस्थाको लागि आबश्यक सहयोगको लागि सक्दो सहयोगका लागि पहल गर्ने बताउनु भयो । संस्थाका पुर्व अध्यक्ष शान्तलाल श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुको पुनस्र्थापन कार्य निकै चुनौती रहेको र अभिभावकको भुमिका र सहयोग महत्वपुर्ण रहेको बताउनु भयो । कार्यक्रम संचालन संस्थाका निर्देशक मणिराज श्रेष्ठले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्