IMG-LOGO

राष्ट्रिय स्वतन्त्र पार्टी भातृ संगठन रहित

 मंगल, कार्तिक १, २०७९  --

 

       विधिको शासन मार्फत संवैधानिक समाजवादलाई अंगिकार  गरेर समाज रुपान्तरण गर्ने उद्घोष सहित गठन भएको राष्ट्रिय स्वतन्त्रपार्टी काभ्रेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लक्षीत गरेर बनेपाको पार्टी कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रियात्मक पत्रकार सम्मेलन ग¥यो । पार्टीको जिल्ला सभापति प्रविन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ का सदस्य पदका उम्मेदवार  बसुनारायण श्रेष्ठ र २ का उम्मेदवार दिनेश हुमागाईले उम्मेदवारको तर्फबाट राष्ट्रिय स्वतन्त्रपार्टीको गठनको औचित्य र आवश्यकताको बारेमा बोल्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेबाट काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ को सदस्य पदको उम्मेदवार दिनेश हुमागाईले ठुला भनिएका राजनीतिक पार्टीहरु एमाले, कांग्रेस र माओवादी केन्द्रले जनताका जनजीविकाका सवाल, २०६२÷०६३ को जन आन्दोलनबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी देशमा सुशासन, शान्ति अमनचयन गर्नुको साटो कुशासन दिएकोले देशमा तिव्र विकास हुन नसकेको बताउनुभयो  । देश भ्रष्टचारमा चुरलुम्म डुवेर उठ्नै नसकेको अवस्थाका कारण नयाँ भिजन, नयाँ विचार र सिद्धान्त लिएर राष्ट्रिय स्वतन्त्र पार्टी आएको काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार बन्नु भएका दिनेश हुमागाईले उल्लेख गर्नुभयो । हुमागाईले आफू जनताहरुको सेवा गर्न आएको बताउँदै कर्मको शिलशिलामा कहिकतै बदमासी गरेको भ्रष्टाचार  तथा अनैतिक कार्य गरेको प्रमाणित भए आफूलाई जनताले नै झुण्डाउन सक्ने बताउनुभयो ।

       राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले काभ्रे जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाइने, गुण्डागर्दीमुक्त जिल्ला बनाइने, कृषिमा विचौलियाको अन्त्य, कृषि पहिचान गरी कृषक परिचय पत्र प्रदान गरिने, राज्यको सेवा सुविधा तथा सहुलियता प्रदान गरिने, कृषि आधुनिकीकरण गर्न कृषि सेवा तथा अनुशन्धान केन्द्र खोलिने, काभ्रेका सबै पालिकाहरुका सडक सञ्जाल व्यवस्थित गरिने, ढुङ्गाखानी तथा क्रसरहरुलाई व्यवस्थित गरिन,े जिल्लालाई शिक्षा र स्वास्थ्यमा राजनीतिकीकरणलाई मुक्त गरिने, सिप मुलक र नैतिक शिक्षालाई प्राथमिकता दिइने, जिल्लामा रोजगारीको श्रृजना गर्न उद्योगधन्दा सञ्चालन गरिने र पर्यटन क्षेत्रको विकास गरी पर्यटकीय गन्तव्यको विकास गरिने लगायतका प्रतिवद्धता पत्र जारी गरेको छ । काभ्रे जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा पुन्य माता घिमिरे, दावा लामा, रुपा शंकर, दिपक विश्वकर्मा र अनिता श्रेष्ठ समानुपातिक उम्मेदवारमा सिफारिस हुनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्