IMG-LOGO

गायक बरालको गणेश वन्दना बजारमा

 मंगल, कार्तिक १, २०७९  --

 

       गायक तथा संगीतकार मनिष रञ्जन बरालको “गणेश वन्दना“ सार्वजनिक भएको छ। कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उनले “गणेश वन्दना“ सार्वजनिक गरेका हुन्।  भजनका शब्द रचनाकार पं,शंकरान नंविशन हुन् भने लय प्रशान्त शंकरले भरेकाछन् यि दुवै दक्षिण भारतका चर्चित संगीतकार पनि हुन्। गायक बराल उनिहरुको संगीतमा आपूmले केवल गाउने प्रयास गरेको र चर्चित श्रष्ठाहरुको संगीतमा आपूmले गाउने मौका पाउनु यस्लाई ठूलो अवसरको रुपमा लिएको बताउछन् । यस भजनलाई दक्षिण भारतकै बाल गायिका “सूर्य गायत्रीको स्वरमा २ बर्ष अगावै रेकर्ड भएको भएको थियो तथापि भजनमा बरालको स्वर दिने पक्का पक्कि भएपछी राजन कार्कीले  यस्लाई नयाँ संस्करणमा एरेन्ज गरेकाहुन् ।

       संगीतकार प्रशान्त संकरले संगीत भरेको यस सिर्जनामा रत्न विकले बासुरी बजाएकाहुन् । त्यस्तै ढोलकमा शिवराज जोशी र तबलामा कृष्ण प्रसाद सापकोटाले साथ दिएकाछन् भने ध्वनि मिश्रण गोविन्द डिजीले गरेकाहुन्। धुनकला केन्द्रमा रेकर्ड गरिएको भजनको भिडियोमा पनौतिको गोरखनाथ  र मुक्तिनाथ मन्दिर देख्न सकिन्छ। भिडियोको छायांकन र सम्पादन राज मल्लले गरेकाहुन् । लामो समय देखि सांगीतिक क्षेत्रमा रहेका बरालले दर्जनौँ भजनहरु रेकर्ड गराईसकेकाछन्। गायक बरालको पहिलो “कृष्णजीको नामै प्यारो“ हो भने यो भजन २०७३ सालमा उनले रेकर्ड गराएका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्