कार्यसम्पादनको मूल्याङ्कनको आधारमा बागमती प्रदेश प्रहरी कार्यालयले मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्नेलाई हरेक महिना सम्मान गर्ने गरेको छ । महिनाको उत्कृष्ट प्रहरी छनौट कार्य विधि २०७७ अनुसार बागमती प्रदेश कार्यालय काभ्रेले इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख योगेन्द्र तिमल्सिनालाई असोज महिनाको उत्कृष्ट कार्य गरेकोमा घोषित भएका छन् । ९ जना फरार प्रतिबादीलाई पक्रउ गरी अदालतमा पेश गरेको, लागु औषधीको विक्री वितरणमा ठगी गर्ने समुहलाई पक्राउ गरी कानुनी कठाघरामा उभ्याउनु लगायतको कार्य सम्पादनमा उचित मूल्याङ्कन गरी प्रदेश प्रहरी कार्यालय गठन भएको छनौट समितिले असोज महिनाको उत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।
