IMG-LOGO

सेञ्चुरी क्यापिटल मार्केटको लगानीकर्ता सचेतना कार्यक्रम

 मंगल, कार्तिक १, २०७९  --

 

       काठमाण्डौ, सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौंले लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम ताम्राकार पार्टि भेन्यु पनौतीमा गरेको छ । धितोपत्र नियमन निकायको अन्तराष्ट्रिय संस्था क्ष्लतभचलबतष्यलब िइचनबलबशबतष्यल या क्भअगचष्तष्भक ऋयmmष्ककष्यल ९क्ष्इक्ऋइ०को आव्हानमा २०७९ असोज २६ गते देखि कार्तिक १ गते सम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देश ब्यापी रुपमा सचेतना कार्यक्रम भैरहेको छ ।

       सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडका लगानी ब्यवस्थापन प्रमुख अञ्जु महर्जनले शेयर बजार सम्बन्धि बेसिक,फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिनु भयो । साथै धितोपत्र बजारमा जोखिम रहित लगानीका लागि महत्वपूर्ण सुझाव तथा जानकारीहरु दिनु भयो । महर्जनले दोश्रो बजारमा धितोपत्र कारोबार गर्दा कम्पनीको वित्तीय विवरण तथा कम्पनीको ब्यवस्थापन हेरेर मात्र लगानी गर्न सुझाव दिनुभयो । साथै  लगानी गर्ने तिब्र ईच्छा भएर पनि समय र ज्ञानको अभाव भएमा क्यापिटलले लगानी ब्यवस्थापन गरिदिने जानकारी दिनु भयो । क्यापिटलका वित्तब्य वस्थापन प्रमुख मञ्जुषा श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्नु भयो ।

       सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेलका शाखा प्रबन्धक हरिकृष्ण दाहालले हितग्राही खाता तथा मेरो शेयरको सेवा बैंकका शाखा कार्यालयबाट प्रदान गर्दै आएको र लगानी ब्यवस्थापनमा समेत बैंकको शाखा मार्फत सहजिकरण गरिने जानकारी दिनु भयो । कार्यक्रममा शेयर लगानीकर्ता, बैकर्स, उद्योगी, ब्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा, नाला, साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिको लागि समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

       बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा १४८ पुगेको छ भने  १० वटा एक्सटेन्सन काउन्टर  २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत बैकिङ्क सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्