IMG-LOGO

चौकोटमा योग उप शिक्षक प्रशिक्षण प्रारम्भ

 मंगल, कार्तिक १, २०७९  --

 

       पतंजली योग समिति काभ्रेबाट पनौती नगरपालिकाको वडा नं. ५ स्थित चौकोटमा योग उप शिक्षक प्रशिक्षणको पतंजली योग समिति बाग्मती प्रदेशका संयोजक ग्रुविन तौजलेले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि तौजलेले दैनिक योग अभ्यासबाट व्यक्ति मात्र स्वस्थ नभई समाजनै स्वस्थ हुने भएको हुनाले यस प्रशिक्षणबाट दिक्षित हुने योग शिक्षकहरुबाट सामाजिक परिवर्तनको लागि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

       सो कार्यक्रममा पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विनोद खत्री अतिथि हुनुहुन्थ्यो । उक्त समारोहको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको कार्यक्रममा बाग्मती प्रदेशका सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठ, महिला महामन्त्री कमला राजभण्डारी र चौकोट योग साधना केन्द्रका अध्यक्ष सूर्य कमल श्रेष्ठ लगायतका महानुभावहरुले मन्तव्य राख्नुभएको थियो ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्