आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानको १९ दिन अघि सम्म राजनीतिक दलले कोणसभा र आमसभा गर्न नपाउने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो । पार्टीहरुले बेवास्ता गरे निर्वाचन आचार संहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेज सम्मको निर्णय गर्न सक्ने चेतावनी दिएको छ । निर्वाचन संहितामा मतदानको १७ दिन अघि मात्र दल तथा उम्मेदवारहरुले कोणसभा, आमसभा, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरुको समर्थनमा राखिएको आयुक्त भण्डारीले बताउनुभयो । सो दिन भन्दा अघि निर्वाचन प्रचार प्रसार क्रियाकलाप गर्न पाइदैन भनेर आचार संहितामा उल्लेख छ ।
