पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको खुसीयालीमा सोमबार बनेपा नगरपालिकाको गेट अगाडी दिप प्रज्वलन भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा पशु स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । ७५ हजार जना प्राविधिकहरुको विगत २४ वर्ष देखिको निरन्तर आन्दोलनका कारण विधेयक प्रमाणिकरण गर्न सफल भएको नेभ्ला काभ्रेका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । पशु स्वास्थ्यकर्मीहरुको संस्था नेभ्ला, नेल्टा र नासाले देशभरी नै विविध कार्यक्रम राखेर खुसीयाली मनाइरहेको छ ।
