IMG-LOGO

सयपत्रीको वृद्ध आश्रमलाई सहयोग

 मंगल, असोज २५, २०७९  ---

       पनौती । बनेपा जनागालमा स्थापना भएको सयपत्री प्रतिष्ठान नेपालले पनौतीमा रहेको प्राणनाथ माइती वृद्ध आश्रमलाई सम्मान सहित विभिन्न सहयोग गरेको छ । शनिवार प्रतिष्ठानले संस्थापक अध्यक्ष एवं समाजसेवी स्व. कृष्णकुमार केसीको छैठौ वार्षिक पूण्यतिथिको अवसरमा वृद्ध आश्रमलाई १० हजार एक रुपैया राशीको सयपत्री—कृष्णकुमार केसी स्मृति सम्मान तथा पुरस्कारबाट कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले सम्माननित गर्नु भएको थियो । अशक्त असाहय वृद्धवृद्धालाई आश्रय दिइ मानवीय सेवामा अनुकरणीय कार्य गरेकोमा प्राप्त उक्त सम्मान आश्रमको तर्फबाट आश्रमका अध्यक्ष रामजीप्रसाद तिमल्सिनाले ग्रहण गर्नु भएको थियो । कार्यक्रममा  प्रमुख अतिथि दुवालले स्व. कृष्णकुमार केसीले समाजको लागि गरेको योगदानको स्मरण गर्नुहुदै समाजको लागि निश्वार्थ भावले गरेको योग्दानले मानिस मरेर गएपनि सदैव स्मरणीय भइ रहने वताउँदै वृद्ध आश्रममा आएर संस्थापक अध्यक्षको स्मृतिमा वृद्ध आश्रमलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यबाद दिनु भयो । उहाँले वृद्धहरुलाई आश्रममा बस्नु नपर्ने अवस्थाको सृजना प्रत्येक छोराछोरीले गर्नुपर्ने बताउनुहुदै मानवीय सेवामा समर्पित वृद्ध आश्रमलाई सबैले सकेको सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्व.केसीको निधनले प्रतिष्ठानलाई मात्र नभइ समाजलाई नै अपुरणीय क्षती भएको भन्दै उहाँको मोक्षप्राप्तीको लागि प्रतिष्ठानको तर्फबाट वृद्ध आश्रमलाई २१ हजार चार सय वीसको खाद्यान्न, २४ हजार नौ सयको जिन्सी सामान र ३१ हजार एक सय पन्ध्र रुपैया नगद सहयोग गर्नु भएको थियो । कार्यक्रममा वृद्ध आश्रमका अध्यक्ष तिमल्सिनाले सयपत्री प्रतिष्ठानले आश्रममा आई कार्यक्रम गरी सहयोग गरेको अहिले सम्मकै राम्रो कार्यक्रम भएको बताउनु हुदै आश्रम र आश्रममा आश्रित वृद्धवृद्धाको बारेमा जानकारी दिनुभएको थियो ।

        उक्त कार्यक्रममा स्व. केसीका मित्र भिमबहादुर केसी, आफ्न्त नवराज रिजाल, प्रतिष्ठानका सल्लाहाकार त्रीरत्न रंजितकार, उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजा लगाएतले बोल्नु भएको थियो । २०७३ सालको कोजाग्रत पूणर्िमामाका दिन निधन हुनु भएको संस्थापक अध्यक्ष कृष्णकुमार केसीको स्मृतिमा प्रतिष्ठानले प्रत्येक वर्ष विविध कार्यक्रम गर्दै आएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्