सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुरले दशैं तिहार सम्बन्धी तयार पारिएको गीत “दशै आयो तिहार आयो एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष अमन पोटेले सार्वजनिक गर्नुभएको उक्त गित विद्यालयका प्रिन्सिपल अग्नी ज्ञावालीको रचना, सुरेन्द्र श्रेष्ठको संगीत, ईश्वर थापाको निर्देशन रहेको छ भने उक्त गीतमा विद्यार्थीहरूले मोडलिङ गरेका छन् । गीतको बोलमा चाडबाडका समयमा विदेशबाट आफन्त आउनुको खुसी , अब देखी नेपालमै केहि गर्ने विदेश नजाने इच्छा रहेको छ ।
विद्यालयका प्रिन्सिपल अग्नी ज्ञवालीले अहिलेको प्रविधि सँगै विद्यार्थीको क्षमता र रूची अनुसारको अतिरिक्त क्रियाकलापमा जोड दिदै विद्यालयका नृत्य, संगित शिक्षकहरू, विद्यार्थीहरू मिलि उक्त एल्बम निकालिएको बताउनु भयो । कार्यक्रमका सभापति तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष अमन पोटेले विद्यालयले गुणस्तरीय शिक्षाका लागी कुनै कमी हुन नदिएको र आधुनिक प्रविधि सँगै कृषि प्रविधि, सञ्चार जस्ता विषयहरू थप गरी कक्षा ११ र १२ सञ्चालन गर्न लागेको समेत जानकारी गराउनु भएको थियो । विद्यालय सञ्चालक समितिका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव ईश्वर महाजु, कोषाध्यक्ष भवसागर रञ्जीत, सदस्य सुशन राजबंशी,लगायत सञ्चारकर्मी,विद्यार्थी कलाकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
